१२ वर्षपछि शिल्पाको कमब्याक

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ श्रावण १८, शनिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन १८, काठमाडौँ । अभिनेत्री शिल्पा सेट्ठीले बलिउडमा कमब्याक गर्ने भएकी छिन् । यसको खुलासा उनी आफैँले गरेकी हुन् । सन् २००७ मा रिलिज भएको फिल्म अपनेमा शिल्पा अन्तिमपटक ठूलो पर्दामा देखिएकी थिइन् । त्यसपछि सानो पर्दामा रमाएकी शिल्पा अब १२ वर्षपछि निकम्मा फिल्मबाट कमब्याक गर्न लागेकी हुन् ।

फिल्ममा शिल्पालाई ध्यानमा राखेर नै भूमिका निर्माण गरिएको निर्माण पक्षले जनाएको छ ।

फिल्ममा अभिमन्यु दासानी र शिरले सेतियाको साथमा शिल्पाको मुख्य भूमिका रहनेछ । भारतीय मिडियाका अनुसार हिन्दी फिल्ममा शिल्पाको अहिलेसम्मको सबैभन्दा रहस्यमयी भूमिका रहेको छ ।

शिल्पाले फिल्मको सुटिङ पनि सुरु गरिसकेको फिल्मका निर्देशक सब्बिर खान जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस