जब मलाइकालाई फ्यानले उठेर सम्मान गरे

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ श्रावण १८, शनिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन १८, काठमाडौँ । बलिउड अभिनेत्री मलाइका अरोरा लामो समयदेखि पर्दाबाहिर छिन् । तर, उनको फ्यान फलोइङमा कुनै कमी आएको छैन । ३१ जुलाईको बिहान मलाइका मुम्बईबाट चण्डिगढका लागि गइरहेकी थिइन् । मलाइका जब प्लेनमा प्रवेश गरिन्, प्लेनमा बसिरहेका मानिस छक्क परे ।

मलाइकालाई अचानक देखेपछि सबैले सिटबाट उठेर उनलाई सम्मान गरे । भारतीय मिडियाका अनुसार यस किसिमको फ्यानको सम्मानले मलाइका खुब खुसी भएकी थिइन् । मलाइकाले फ्यानलाई देखेर दिएको रियाक्सन उनीहरूले खुबै रुचाएका थिए । अहिले मलाइका अर्जुन कपुरसँगको सम्बन्धलाई लिएर चर्चामा छिन् । केही दिन पहिले उनीहरूले सामाजिक सञ्जालमा प्रेमसम्बन्धलाई स्वीकार पनि गरिसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस