साउन १८, काठमाडौँ । लोक गायक नवीन पौडेलको नयाँ गीत बोल्नुपर्छ ओई सार्वजनिक भएको छ। युट्युबमार्फत सार्वजनिक गरिएको गीत मार्मिक र यथार्थपरक छ। गीतमा देशमा भएका बेथिति, विसंगति, कुसंस्कार, भ्रष्टाचार र लुटतन्त्रविरुद्ध प्रहार गरिएको छ।
गीतमा देशमा अन्याय अत्याचार र भ्रष्टाचारले जरा गाडेर बसेको र यी सबै कुराको निर्मूल हुनै पर्छ भन्ने सन्देशसहित व्यंग्य गरिएको छ।
नवीन पौडेलल र विष्णु घिमिरेले तीजनको कोसेलीस्वरूप संंयुक्तरूपमा प्रस्तुत गरेको गीतमा नवीन पौडलका साथमा पूर्णकला बीसीले स्वर दिएकी छिन् भने लय सिर्जना विष्णुप्रसाद घिमिरेको रहेको छ।
दिग्गज धौरालीको शब्द रहेको गीतको संगीत संयोजन कृष्ण विकले गरेका छन्। शंकर बीसीको निर्देशन रहेको यसको म्युजिक भिडियोमा शंकर बीसी र रीना थापाले अभिनय गरेका छन् भने छायांकन दुर्गा पौडेल र सम्पादन नवीन घर्ती मगरको रहेको छ।