‘हर हर महादेव’

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ श्रावण १८, शनिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन १८, काठमाडौँ । हिन्दू नारीको महान् चाड हरितालिका तीज नजिकिँदै गर्दा गायिका सहिमा श्रेष्ठले पनि तीज गीत सार्वजनिक गरेकी छिन्। सहिमाले हर हर महादेव बोलको गीत राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरेकी हुन्।

कृष्ण पुनको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा अभिनेतृ नीता ढुंगाना प्रमुखरूपमा फिचर्ड छिन्। उनीस“गै गायिका श्रेष्ठले पनि गीतमा कम्मर मर्काएकी छन्।

सुयोग्य पति माग्दै हरेक वर्ष तीजमा व्रत बसेको युवतीको कथा गीतमा उतारिएको छ। गीतको भिडियो अभिनेतृ पवित्रा आचार्यले निर्देशन गरेकी हुन्। यसको कोरियोग्राफी पनि उनैले गरेकी छिन्। दिव्य सुवेदीको छायांकन रेहको भिडियोमो सम्पादन सुप्रिम पराजुलीले गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस