असार २२,काठमाडौँ । पछिल्लो पटक पर्दामा सँगसँगै देखिँदै आएको जोडी हो अभिनेता अर्पण थापा र अभिनेत्री ऋचा शर्मा । यी दुईले एकसाथ ‘फिर्के’, ‘आधा लभ’, ‘चक्कर’, ‘फेरि फेरि’ जस्ता फिल्ममा सँगै काम गरिसकेका छन् ।
पर्दामा एकसाथ स्क्रिन शेयर मात्र होइन यी दुईले संयूक्त रुपमा फिल्म निर्माण समेत गरिसकेका छन् । दुवैले संयूक्त लगानीमा ‘आधा लभ’ र ‘सुनकेसरी’ निर्माण गरेका थिए । यी दुवै फिल्मका निर्देशक अर्पण हुन् ।
पुनः यो जोडीको टिमअप भएको छ । ‘सुनकेसरी २’ उनीहरुले संयूक्त रुपमा निर्माण गर्दैछन् । फिल्म निर्माण र अभिनय मात्र साथ–साथ होइन अर्पण र ऋचा जहाँ जान्छन् त्यहाँ सँगै हुन्छन् ।
फिल्मका कार्यक्रम हुन् वा कुनै सार्वजनिक कार्यक्रम, दुवैलाई एकसाथ भेटिएकै हुन्छ । बिहीवार राजधानीमा ‘रमाइलो छ’ अनलाइनको प्रथम बार्षिकोत्सव समारोहमा पनि यो कपल सँगै देखिए ।
कार्यक्रममा ऋचाभन्दा अगाडि अर्पण पुगेका थिए । जब ऋचा पनि पुगिन् तब उनले अर्पणको साथ छाडिनन् । कार्यक्रम अवधिभर यी दुई एकै पंक्तिको कर्सीमा बसे । मिडियामा मुस्कुराउँदै तश्बिर खिचाउन पनि हिचकिचाएनन् ।
यी दुईको धनिष्ट मित्रतामाथि प्रश्न उठाउँदै सिनेवृतमा अनेकन चर्चा चल्न थालेको लामै समय भइसकेको छ । तर, लाग्छ यो जोडीलाई ती हल्लाको प्रवहा छैन ।