ठेकेदारको स्वार्थमा सार्वजनिक खरिद नियमावली आठौंपटक संशोधन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ श्रावण २०, सोमबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन २०, काठमाडौँ । सरकारले सार्वजनिक खरिद नियमावली आठौंपटक संशोधन गर्दै पूरा नभएका सबै ठेक्कालाई एक वर्ष म्याद थप गर्न सकिने प्रावधान राखेको छ ।

निर्माण व्यवसायीले भने आफ्नो अनुरोधअनुसार नियमावली संसोधन भएको भन्दै सरकारलाई धन्यवाद दिएका छन् ।

आठौं संशोधनले जेठ २३ गते अघि सम्झौता भएका तर काम नसकिएका ठेक्काको म्याद एक वर्ष थप गर्न बाटो खोलिदिएको छ । ‘जेठ २३ अघि खरिद सम्झौता भई कार्य सम्पन्न हुन नसकी म्याद थपका लागि निवेदन परेका सम्झौताको हकमा बढीमा एक वर्षका लागि एक वर्षको म्याद थप गर्न सक्नेछ,’ संशोधित व्यवस्थामा भनिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस