जब समितिभित्रै पर्यटनमन्त्री भट्टराई र वरिष्ठ नेता नेपाल भावुक बने…

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७६ श्रावण २०, सोमबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन २०, काठमाडौँ । नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराई संसदको अन्तर्राष्ट्रिय समितिको बैठकमा भक्कानिएर रोएका छन् । आइतवार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले मन्त्री भट्टराईको स्वागतका लागि एक कार्यक्रम राखेको थियो ।

उक्त कार्यक्रममा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल पनि उपस्थित थिए । २०४३ सालमा नेता नेपालले आफूलाई बचाएको प्रसंग उल्लेख गर्दै भट्टराई भक्कानिएका हुन् ।

भट्टराईले भने, ‘२०४३ सालमा पंचायत निर्वाचनलाई उपयोग गर्ने नीति पार्टीले लिएपछि म त्यही अनुसार दिनरात नभनी खटिएँ । त्यसपछि एक्कासी बिरामी भएँछु । टिचिङ अस्पतालका डाक्टरहरूले मेरो बाँच्ने आशा नरहेको बताइसकेका थिए । त्यतिबेलै उहाँ (माधवकुमार नेपाल) मलाई भेट्न आउनुभयो । उहाँको एक स्पर्शले मलाई बाँच्ने शक्ति प्राप्त भएको थियो ।’

भट्टराईले यसो भनिरहँदा नेता नेपाल पनि सुँक्क सुँक्क गरिरहेका थिए । भट्टराईले पटक-पटक माधवकुमार नेपाल आफ्नो अविभावक भएको दोहोर्याइरहे ।

बैठकमा नेता नेपालले भट्टराईलाई आफूले सधैं माया गरिरहेको भन्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस