फेरी बढ्यो ईन्धनको भाउ ! अव कसको मुल्य कति ?

जेठ २ ,काठमाडौँ । नेपाल आयल निगमले फेरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई/दुई रुपैयाँ मूल्य वृद्धि गरेको छ ।

बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको आयल निगमले जनाएको छ ।

मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ ।

यो मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने जनाइएको छ ।
पछिल्लो समय अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य बृद्धी भएपछि ईन्धनको मुल्य निर।न्तर उकालो लागिरहेको छ ।

संम्बन्धित समचार

Leave a Reply