म्याकुलमद्धारा क्रिकेटबाट सन्यासको घोषणा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ श्रावण २१, मंगलबार (५ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

साउन २१, काठमाडौँ । न्युजिल्याण्डका विकेटकिपर ब्याट्सम्यान ब्रेन्डन म्याकुलमले क्रिकेट खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।

म्याकुलमले सोमबार क्यानडामा जारी ग्लोबल टी-ट्वान्टी क्रिकेट सकिएपछि सबै खाले क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

३७ वर्षे म्याकुलमले सामाजिक संजाल ट्वीटरबाट सन्यास घोषणा गरेका हुन् । म्याकुलम टोरन्टो नेसनलबाट ग्लोबल टी-ट्वान्टी खेलिरहेका छन् ।

‘ग्लोबल टी-ट्वान्टीपछि सबै खाले क्रिकेटबाट सन्यासको आज घोषणा गर्दछु । २० वर्षे क्रिकेट करियरमा मलाई गर्व छ । मेरो परिवार, टिममेट, प्रशिक्षक, समर्थक सम्पूर्णमा धेरै धन्यवाद,’ म्याकुलमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सन्याससँगै म्याकुलमले युरो टी-ट्वान्टी स्लाम समेत नखेल्ने बताएका छन् ।

म्याकुलमले सन् २०१६ मा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए ।

म्याकुलमले न्युजिल्याण्डका लागि १०१ टेष्टमा ६ हजार ४५३ रन बनाएका थिए । यस्तै २६० एकदिवसीयमा ६ हजार ८३ रन जोड्दा ७१ टी-ट्वान्टीमा २ हजार १४० रन बनाएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस