नाईजेरियाले टी–ट्वान्टी विश्वकपकाे अन्तिम छनोट खेल्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ श्रावण २२, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २२, काठमाडौँ । आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप छनोटमा नाईजेरिया समावेश हुने भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जिम्बाबेलाई प्रतिबन्ध लगाएपछि ग्लोबल छनोटमा नाईनेरियाले प्रतिस्पर्धाको अवसर पाउने भएको हो ।

नाईजेरियाले आयोजक युएई सहित हङकङ, आयरल्याण्ड, जर्सी, केन्या, नामिबिया, नेदरल्याण्ड, ओमान, पपुवा न्युगिनी, स्कटल्याण्ड, सिंगापुर र अन्य दुई टिमसंग फाईनल चरणको छनोट खेल्नेछ ।

नाईजेरिया अफ्रिका महादेशबाट ग्लोबल छनोटमा आउने तेस्रो टिम बनेको छ । यसअघि केन्या र नाईजेरियाले अन्तिम छनोटमा स्थान बनाईसकेका छन् । रिजनल छनोटका च्याम्पियन टिमले ग्लोबल छनोटमा स्थान बनाएका थिए ।

नेपाल एसिया फाईनलमा पराजित हुदै ग्लोबल छनोटमा पुग्न असफल भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस