बक्सिङ प्रशिक्षणमा दिवाना र रोशनी छनोट

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ श्रावण २२, बुधबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन २२, काठमाडौँ । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि दोश्रो चरणको प्रशिक्षणमा दिवाना शर्मा र रोशनी राई छनोट भएका छन् ।

सागको प्रशिक्षण सहभागी गराउन नेपाल बक्सिङ संघले मंगलबार आयोजना गरेको छनोट प्रतियोगितामा दिवाना र रोशनी दोस्रो चरणको प्रशिक्षणका लागि छनोट भएका हुन् ।

लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा महिलाको दुई स्पर्धाका लागि छनोट भएको थियो ।

४८ केजीमा प्रहरीकी दिवाना शेर्माले प्रदेश १ की प्रतिमा श्रेष्ठ बाट वाक ओभर पाउदै छनोट भइन् । ५१ केजीमा प्रदेश ३ की रोशनी राईले प्रदेश १ की रोशनी लावतीलाई अंक आधारमा पराजित गर्दै छनोट भइन् ।

यो दुई तौल समूहमा पहिलो भएका खेलाडी अवस्थ र कम उमेरको भएको कारण प्रशिक्षणमा सहभागी हुन नपाएपछि भन्दै छनोट प्रतियोगिता आयोजना गरिएको नेपाल बक्सिङ संघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस