प्रधानमन्त्री रोजगार कार्यक्रम : एक महिनामै फेरि बेरोजगार

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ श्रावण २२, बुधबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन २२, काठमाडौँ । दाङमा सरकारले बेरोजगारलाई लक्षित गरी प्रधानमन्त्री रोजगार कार्यक्रम ल्यायो। सबै स्थानीय तहमा आर्थिक वर्ष सकिनै लाग्दा बजेट आएको थियो।

हतारमा निवेदन माग गरियो, हतारमै कामदार छनोट भए। हरेकले कम्तीमा आधा दिनदेखि बढीमा एक महिनाको काम पाए।

बबई गाउँपालिका–५, हापुरेकी मनकुमारी खडकाले एक महिनासम्म बिरुवा रोप्ने, ढुंगा सोलिङ गर्ने, सडकमा माटो भर्नेजस्ता काम गरिन्। ‘एक महिनाको १५ हजार रुपैयाँभन्दा बढी बुझ्दा धेरै राहत मिलेको थियो, अहिले फेरि खाली भइयो,’ उनले भनिन्। खडका फेरि कार्यक्रम कहिले आउला भनी पर्खाइमा छिन्।

घोराही उपमहानगरपालिका–१४, नयाँ बजारका कुमबहादुर पुन पनि एक महिना जागिरे भए।

एसएलसीसम्म पढेकाले उनले अन्य कामदारको नेतृत्व गरे। अरूले सरसफाइ गर्ने, छाडा गाईगोरु धपाउनेजस्ता काम गरे। अहिले सबै जना उनीजस्तै खाली छन्।

‘एक महिनामै जागिर सकिएपछि फेरि पहिलेजस्तै अवस्था भइसक्यो,’ पुनले भने, ‘यसरी भएन। निरन्तर काम पाउनुपर्‍यो।’

ताजा अपडेट

खोजी गर्नुहोस