नोबेल र पुलिट्जर विजेता अफ्रो-अमेरिकी साहित्यकार टोनी मोरिसनको निधन

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ श्रावण २२, बुधबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन २२, काठमाडौँ । चर्चित अमेरिकी साहित्यकार टोनी मोरिसनको निधन भएको छ। नोबेल पुरस्कार र पुलिट्जर विजेता मोरिसनको ८८ वर्षको उमेरमा मंगलबार निधन भएको हो। उनी पछिल्लो समय सामान्य विरामी थिइन्।

सन् १९९३ मा साहित्यका लागि नोबेल पुरस्कार जितेकी मोरिसनका ११ उपन्यास प्रकासित छन्। उनको पहिलो उपन्यास ‘द ब्लुएस्ट आई’ सन् १९७० मा प्रकाशित भएको थियो।

भागेकी महिला दासको विषयमा सन् १९८७ मा उनले लेखेको ‘बिलभेड’माथी पछि फिल्म नै बनेको थियो जसमा मुख्य पात्रको भूमिकामा ओप्रा विन्फ्रेले अभिनय गरेकी थिइन्। मोरिसनले एकपटक भनेकी थिइन- हामी मर्छौ। त्यो जिवनको अर्थ हुन सक्छ। हामी लेख्छौ जुन हामी बाच्नुको मुल्य हुन सक्छ।’

मोरिसनलाई नोबेल पुरस्कार दिँदै स्विडिस एकेडेमीले लेखेको थियो- त्यस्तो लेखिका जसले अमेरिकी वास्तविकताका महत्वपुर्ण पक्षलाई आफ्ना पात्रमार्फत प्राण भर्छिन्।

सन् २०१२ मा तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाले मोरिसनलाई ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम’द्धारा सम्मान गरेका थिए। विश्व चर्चित अमेरिकी प्रकाशन गृह रेन्डम हाउसको सम्पादक हुने उनी पहिलो अफ्रो अमेरिकन महिला हुन्। उनले सन् १९६७ देखि १९८३ सम्म उक्त जिम्मेवारी सम्हालेकी थिइन्।

ताजा अपडेट

खोजी गर्नुहोस