माइतीघर मण्डलामा बम

साउन २२, काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा बम भेटिएको छ । माइतीघर मण्डलास्थित सेन्टजेभियर्स कलेज अगाडि बुधबार बिहानै सकेट बम फेला परेको हाे ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले बुधबार बिहानै भेटिएको शंकास्पद वस्तु सकेट बम भएको अनलाइनखबरलाई जानकारी दिए ।

बम भेटिएलगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले त्यसलाई निष्क्रिय पारेको छ ।

बम कसले राख्यो भन्ने अहिलेसम्म खुलेको छैन । विगतमा बमसँगै पर्चा भेटिने गरे पनि माइतीघरमा त्यस्ता केही पनि फेला नपरेको प्रहरीले जनाएको छ । एसएसपी ज्ञवाली घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताए ।

संम्बन्धित समचार

Leave a Reply