शिखमा धोस्तेखोर लघुजलविद्युत परियोजना निर्माण

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ अषाढ २३, शनिबार (६ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

असार २३,म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५ शिखमा धोस्तेखोर लघुजलविद्युत परियोजना निर्माण भएको छ ।

पर्यटकीयस्थलमा सञ्चालित सामुदायिक होटल तथा लजमा विद्युत आपूर्तिका लागि सामाजिक अभियन्ता महावीर पुनको पहल, स्थानीयवासीको सक्रियता र विभिन्न निकाय तथा दाताहरुको सहयोगमा ५० किलोवाट क्षमताको परियोजना निर्माण भएको हो ।

रु दुई करोड २५ लाखको लगानीमा निर्माण भएको परियोजनाबाट उत्पादित विद्युत खोप्रा, ढाडखर्क, बयली र आलखर्कमा सञ्चालित सामुदायिक होटलमा आपूर्ति गराइएको परियोजनाका अध्यक्ष लोकबहादुर पाइजाले बताए ।

भौगोलिकरुपमा विकट वस्तीदेखि टाढा रहेका सामुदायिक लजमा केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तारको सम्भावना नभएकाले लघुजलविद्युत परियोजना निर्माण गरिएको अध्यक्ष पाइजाले बताए ।

परियोजना निर्माणका लागि एशियाली विकास बैंकबाट रु ७५ लाख, नेपाल पर्यटन बोर्डको रु ४० लाख, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले रु १३ लाख, महावीर पुनको पहलमा रु १८ लाख ५० हजार सहयोग प्राप्तभएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस