त्रिसुली नदीमा बस खस्यो, ३ जनाको मृत्यु, १४ को उद्दार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण २४, शुक्रबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

साउन २४, काठमाडौं । सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस आज विहान त्रिशुली नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुने तीन जना पुरुष रहेको र उनीहरुको परिचय नखुलेको धादिङका प्रहरी प्रमुख एसपी राजकुमार वैदवारले जानकारी दिए।

उनका अनुसार १४ जनालाई उद्दार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ। बसको अधिकांश भाग नदीमा डुबेको र नदीमा पानीको वहाव अत्यधिक भएकाले उद्दारमा कठिनाइ भइरहेको एसपी वैदवारले बताए।

बसमा कति यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन। ना ६ ख ७४६९ नम्बरको बस धादिङको वेनिघाट रोराङ गाउँपालिका ३ सोलाङघाटमा विहान सवा ३ बजे त्रिशुली नदीमा खसेको हो।

अहिलेपनि उद्दार कार्य चलिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस