नेपालले ओमानमा टी-ट्वान्टी सिरिज खेल्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ श्रावण २५, शनिबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन २५, काठमाडौं । नेपालले ओमानमा आयोजना हुने पाँच राष्ट्रबीच हुने टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएको छ ।

ओमान क्रिकेटले आयोजना गर्ने सिरिजमा नेपालसहित आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिता असोज १८ देखि २३ सम्म हुनेछ ।

नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेदरल्याण्डसँग असोज २०, तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्ने छ ।

युएईमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि ओमानले पाँच राष्ट्रबीचको सिरिज खेलाउन लागेको हो । नेपाल ग्लोबल छनोटमा नपुगे पनि ओमानले आमन्त्रण गरिसकेको कारण नेपालले सहभागिता जनाउन लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस