साउन २६, काठमाडौं । ह्यारी केनको दुई गोलको मदतमा टोटेनहमले ईङ्लिस प्रिमियर लिग फुटबलमा सुखद सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा टोटेनहमले एस्टन भिल्लालाई हराएको हो ।
टोटेनहमको घरेलु मैदानमा भएको खेलमा केनले दुई गोल गरेपछि एस्टन भिल्ला ३–१ गोल अन्तरले पराजित भयो ।
उपाधिका अन्य दाबेदार लिभरपुलले नर्विच सिटीलाई ४–१ र म्यानचेष्टर सिटीले वेस्ट ह्यामलाई ५–० गोल अन्तरले हराएको थिए ।
टोटेनहम भने घरेलु मैदानमा यसै सिजन प्रिमियर लिगमा बढुवा भएको भिल्ला क्लबसंग पराजित हुने संघारमा थियो । तर खेलको अन्तिम १७ मिनेटमा तीन गोल गर्दै टोटेनहमले आफ्नो साख जोगाउन भने सफल रह्यो । एजेन्सी