हुरी चल्दा रंगशालाको छानो खस्यो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ श्रावण २६, आईतबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन २६, काठमाडौं । नेदरल्याण्डसको शीर्ष लिग क्लब एजेड अल्कमारको रंगशालाको छानो खसेको छ । शनिबार एफासमा रहेको रंगशालाको छोनो भत्किएको हो । डच क्लबका महासचिव रोबर्ट एइनहोर्नले घटनामा कोही पनि घाइते नभएको बताएका छन् ।

रंगशालाको छानो भत्किएको सम्बन्धमा अनुसन्धान गर्ने क्लबले जनाएको छ । तीव्र गतिमा चलेको हावाका कारण रंगशालाको छानोको ठूलो भाग भत्किएर तल सिटमा खसेको हो ।

घटना भएका बेला सो रंगशालमा खेल भएको थिएन । एजेड आइतबार हुने अवे खेलका लागि आरकेसी वाल्विज्कको रंगशालमा गएकाले क्षति हुनबाट जोखिएको हो । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस