युनाईटेडसँग चेल्सीको लज्जास्पद हार

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ श्रावण २७, सोमबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

साउन २७, काठमाडौं । इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले शानदार जित निकालेको छ ।

आइतबार भएको पहिलो खेलमा चेल्सीलाई ४-० गोल अन्तरले पराजित गर्दै युनाईटेडले सिजनको पहिलो खेलमा शानदार जित निकालेको हो ।

घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन मार्कस राष्फोर्डले दुई गोल गरे । यस्तै एन्थोनी मार्सियल र ड्यानियल जेम्सले एक एक गोल गरे ।

ओल्ड ट्राफोर्डमा खेलको १८ औं मिनेटमा राष्फोर्डले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसअघि खेलको चौंथो मिनेटमा चेल्सीका अब्राहीमले गरेको उत्कृष्ट प्रहार पोस्टमा लागेर फर्कदा चेल्सी अग्रता बनाउन चुकेको थियो ।

त्यस्तै ४० औं मिनेटमा इमर्सनले प्रहार गरेको कडा प्रहार पनि पोस्टमा लागेर फर्किएको थियो ।

पहिलो हाफमा १-० ले अग्रता बनाएको युनाईटेडले दोस्रो हाफमा भने थप तीन गोल गर्यो । खेलको ६५ औं मिनेटमा मार्सियलले गोल गर्दै युनाईटेडको अग्रता २-० को बनाए । ६७ औं मिनेटमा राष्फोर्डले व्यक्तिगत दोस्रो गोल गर्दा युनाईटेड ३-० ले अघि रह्यो । त्यसपछि खेलको ८१ औं मिनेटमा डेब्यु खेलाडी जेम्स ड्यानियलले गोल गर्दै युनाईटेडलाई ४-० को जित दिलाए ।

जितसँगै युनाईटेडले ३ अंकबाट सिजनको सुरुवात गरेको छ । ओल्ड ट्राफोर्डमा चेल्सीविरुद्ध युनाईटेडको यो सन् १९६५ पछिकै सर्वाधिक फराकिलो जित हो ।

चेल्सीले भने हारबाट सिजनको सुरुवात गरेको छ । यस्तै मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डले प्रिमियर लिगमा हारबाट डेब्यु गरेका छन् ।

त्यस्तै लाम्पार्ड डेब्यु प्रशिक्षकमा भारि अन्तरले हार व्यहोर्ने दोस्रो चेल्सीका प्रशिक्षक बनेका छन् । यसअघि सन् १९७८ मा प्रशिक्षक ड्यानीले मिडल्सब्रोसँग हार व्यहोरेको थियो । एजेन्सी ।

ताजा अपडेट

खोजी गर्नुहोस