बकर इद विश्वभर मनाइँदै

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ श्रावण २७, सोमबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २७, काठमाडौं । मुस्लिम धर्मावलम्बीहरुको महान चाड बकर इद आज विश्वभर धुमधामका साथ मनाईंदै छ ।

बकरइद रमजान अर्थात इदउलफित्र पछिको मुस्लिमहरुको यो दोस्रो ठूलो चाड हो ।

रमजानको ७० औं दिनमा मनाइने यो पर्वमा अल्लाहलाई खुशी राख्न मुस्लिम समुदायले धर्मअनुसार जायज मानिएका जनावरलाई बली दिने चलन पनि रही आएको छ ।

बली दिइएका पशुको मासु तीन भाग लगाई एक भाग गरीबलाई, अर्को भाग आफना इष्टमित्रलाई, र तेस्रो भाग आफै खाने धार्मिक मान्यता छ ।

बकर इद मनाउन आज बिहानैदेखि मुस्लिम समुदायहरु मस्जिदमा भेला भएका छन् ।

यसैबीच मुस्लिम समुदायले इदको अवसरमा प्रदेश १, २ र ५ ले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बकर इदको उपलक्षमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताले शुभकामना व्यक्त गरेका छन् ।

विभिन्न समुदायका चाडवाड, रितिरिवाज र धर्म संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउने नेताहरुको शुभकामनामा उल्लेख छ ।

ताजा अपडेट

१ घण्टा अघि

आज सुनको भाउ कति ?

खोजी गर्नुहोस