ईपीएल फागुनमा, आइकोनिक खेलाडी टेष्ट राष्ट्रबाट

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ श्रावण २८, मंगलबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

साउन २८, काठमाडौं । चौथो संस्करणको एभरेस्ट प्रिमिएर लिग (ईपीएल) क्रिकेट फागुन तेस्रो साताबाट सुरु हुने भएको छ ।

आयोजक ईपीएलले सोमबार प्रेस विज्ञप्ति निकाल्दै चौंथो संस्करणको प्रतियोगिता फागुन तेस्रो साताबाट सुरु हुने जनाएको छ ।

१३ दिन चल्ने ईपीएल फागुन १७ देखि चैत १ गते सम्म संचालन हुनेछ । यसअघि ईपीएल मंसिर देखि पुसमा हुँदै आएको थियो ।

आयोजकले प्रतियोगितालाई अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मान्यता दिएको जनाएको छ ।

आयोजकले यस पटकको लिगका लागि फ्रेन्चाइज टिमले आइकोनिक खेलाडीमा टेष्ट राष्ट्रका खेलाडी अनिवार्य राख्नु पर्ने नियम बनाएको छ ।

यस्तै यस संस्करणको लिग विदेशी प्रोडक्सन कम्पनिले प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ ।

गत संस्करणको उपाधि ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ज्ञानेन्द्र मल्लको टिम ललितपुर प्याट्रीयट्सले जितेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस