डा. केसी भन्छन–’माग पूरा नभए मर्न तयार छु, सत्याग्रह रोकिदैन !’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ अषाढ २४, आईतबार (६ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

असार २४,जुम्ला । डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए कर्णालीमै मर्न तयार रहेको बताएका छन । स्वास्थ्य शिक्षा सुधारका मागसहित अघिल्लो शनिबारदेखि आमरण अनशन बसेका केसीले कर्णालीका जनता र विद्यार्थीमाथि सरकारले खेलबाड गरिरहेको बताएका हुन ।
‘राज्यले कर्णालीका जनताको स्वास्थ्य र शिक्षामा ध्यान नदिएकाले आमनेपालीको ध्यान केन्द्रित गर्न पवित्र भूमि कर्णालीमा मर्न तयार छु,’ उनले भने, ‘सरकारले चिकित्सा शिक्षा ऐन जस्ताको त्यस्तै र विगतमा भएका सम्झौताका आधारमा नल्याएसम्म सत्याग्रह जारी रहनेछ ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा अनशनरत डा. केसीको स्वास्थ्य बिग्रँदै गएको छ । आमरण अनशनको ९ दिन पुग्दा उनको स्वास्थ्यमा विभिन्न समस्या देखिएको उपचारमा संलग्न चिकित्सकको टोलीले जनाएको छ । अहिले उनको शरीरको मासु बाउँडिने, चक्कर लाग्ने, सेतो रक्तकोष क्रमिक रूपमा घट्ने र पिसाबमा किटोन बढी देखिन थालेको चिकित्सकले जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस