प्रधानमन्त्री ओलीको प्रष्टोक्ती : ‘लोकतन्त्र भनेको छाडातन्त्र होइन, निषेधाज्ञा हट्दैन’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ अषाढ २४, आईतबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार २४,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाको माइतीघर मण्डला लगायतका स्थानमा जारी गरिएको निषेधाज्ञा नहट्ने प्रष्ट पारेका छन ।
साथै डा. गोविन्द केसीले आमरण अनसन बस्दैमा काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउन नसकिने प्रष्ट पारेका हुन ।

जनताले तिरेको करबाट तलब खाने कर्मचारीले आफ्नो काम गर्नु पर्ने भन्दै उनले राजनीतिक गर्ने भए पार्टी प्रवेश गर्न डा. केसीलाई आग्रह समेत गरेका छन ।
प्रदेश २ को विकास निर्माणबारे छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का सांसदहरु बालुवाटार पुगेका थिए ।

यसैबीच, प्रधानमन्त्री ओलीले उपत्यकामा जारी गरिएको निषेधाज्ञा कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन । दुनियाँको कुनै पनि देशमा जहाँ मन लाग्यो त्यही प्रदर्शन गर्न नपाइने भन्दै उहाँले , ‘लोकतन्त्र भनेको छाडातन्त्र होइन’ भने ।
सरकार निरंकुश भएको विपक्षीहरुको दाबी खण्डन गर्दै उनले आफूहरु पनि लडेर आएको भन्दै अधिनायकवादको कल्पना समेत गर्न नसकिने बताएका हुन ।

ताजा अपडेट

खोजी गर्नुहोस