हजार करोडका मालिक, अमिताभ वच्चन

साउन २८, काठमाडौं । भारतीय चर्चित अभिनेता अमिताभ बच्चन अरबपति कलाकार हुन् । बलिउडकै धनी कलाकारमध्येका यि सुपरस्टार त्यस्ता कलाकार हुन् जसले आफ्नो कला बेचेरै अरब बढी सम्पत्ती आर्जन गरे । पछिल्लो समय समाजसेवाका अलावा ब्यबसायमा पनि हात हालेका बलिउड सुपरस्टार वच्चनको सम्पत्ति १ हजार करोड भन्दा बढी रहेको तथ्य भारतीय मिडियाले हालै एक रिर्पोट सार्वजनिक गरेको छ।

अमिताभकी पत्नी एवं अभिनेत्री जया बच्चनले राज्यसभामा प्रस्तुत गरेको खर्च विवरणमा हजार करोड सम्पत्ती भएको अर्को तथ्य पनि बाहिर आएको छ । अमिताभ पत्नि जयाले राज्यसभामा समाजवादी पार्टीको तर्फबाट सांसद निर्वाचिन भएपछि सपथपत्रमा बच्चन परिवारको सम्पति विवरण प्रस्तुत गरेपछि वच्चन परिवारको भित्री सम्पत्तीको रहस्य बाहिर आएको हो ।

विवरणका अनुसार जया र उनका श्रीमान अमिताभ बच्चनसँग १० दशमलव ०१ अरब रुपैयाँ बराबरको सम्पति छ। पछिल्लो ६ वर्षमा उनीहरुको सम्पति दोब्बर भएको छ। २०१२ मा उनीहरुको सम्पति ५०० करोड रुपैयाँ रहेकोमा यस वर्ष १ हजार करोड रुपैयाँ कटाएको भारतीय मिडियाले उल्लेख गरेको छ । त्यस्तै उनीहरुसँग थप ४६० करोड बढीको अचल सम्पति रहेको स्रोतको दाबी छ । एजेन्सी

संम्बन्धित समचार

Leave a Comment