नेपालको पहिलो प्रतिद्वन्दी किर्गिस्तान

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ श्रावण २९, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २९, काठमाडौँ । किर्गिस्तानमा आयोजना हुने ‘नादेझ्दा कप’ महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक किर्गिस्तानको सामना गर्ने भएको छ ।

आयोजक किर्गिस्तानले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो प्रतिद्वन्दी घरेलु टिम पाएको हो । नेपालले किर्गिस्तानसँग भदौ २२ गते खेल्नेछ ।

यस्तै दोस्रो खेलमा नेपालले भदौ २३ गते उज्वेकिस्तान र भदौ २४ गते ताजिकिस्तानसँग खेल्नेछ ।

प्रतियोगितामा नेपालसहित किर्गिस्तान, उज्बेकिस्तान र ताजिकिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।

लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । यस्तै तेस्रो र चौंथोले तेस्रो स्थानमा लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल भदौ २६ गते हुनेछ ।

अखिल नेपाल फुटबल संघ एन्फाले यस प्रतियोगितालाई नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) गेम्सको तयारीको रुपमा लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस