जब मृत्यु भइसकेका भनिएका राष्ट्रपति जब बैठकमा सार्वजनिक भए…

साउन २९, काठमाडौँ । केही समयअघि मृत्यु भइसकेको हल्ला चलाइएका तुर्केमिनिस्तानका राष्ट्रिपति गुर्वान्गुली बदिमुखामेदोभ सोमबार सार्वजनिक भएका छन्।

क्यास्पियन सि रिसोर्ट शहरमा आयोजित क्षेत्रीय नेताहरुको सहभागिता रहेको आर्थिक मञ्चको बैठकमा उनी उपस्थित भएका छन् ।

गएको महिना सम्पूर्ण रुसी भाषाका सञ्चार माध्यमले उनको मृगौलाको खराबीको कारण मृत्यु भएको समाचार दिएका थिए।

त्यस्तो हल्ला फैलिएपछि उनी सोमबार पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका हुन्।

क्षेत्रीय बैठकमा उनले भाग लिएको देखिएपछि सो हल्ला गलत सावित भएको छ।

संम्बन्धित समचार

Leave a Reply