काँग्रेस केन्द्रीय समिति बैठक: अनुशासन समितिको प्रतिवेदनमा छलफल सुरु

साउन २९, काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय समितिमा अनुशासन समितिको प्रतिवेदनमा छलफल सुरु भएको छ । बुधबार बसेको केन्द्रीय समितिको बैठकमा केन्द्रीय अनुशासन समितिका सभापति भीष्मराज आङ्गदम्बेले आफ्नो प्रतिवेदन पेश गरेपछि छलफल सुरु भएको हो ।

नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठकमा अनुशासन समितिको प्रतिवेदनको साथै विभिन्न तहमा हुने उपनिर्वाचनको विषयमा समेत छलफल हुने कार्यसूची रहेको छ । नेपाली काँग्रेसले केहि दिनअघि अन्तरिम संरचनालाई रुपान्तरण गरी संघीय व्यवस्था बमोजिम विधानको धारा ७२ बमोजिम संरचना बनाउने निर्णय गरिसकेको छ । केन्द्रीय सदस्य प्रदीप पौडेलले दोश्रो चरणको जागरण अभियान सुरु हुनुअघि उपनिर्वाचन र भातृ संगठनहरुको विषयमा केन्द्रीय समितिले निर्णय लिने बताए ।

नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकमा विधान र अन्तरिम संरचनाबाहेक नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना संयोजन समितिको प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन, राष्ट्रिय जागरण अभियानको प्रथम चरणको प्रतिवेदन प्रस्तुत भैसकेको छ ।

आज छलफलको लागि पेश भएको अनुशासन समितिको प्रतिवेदनमा प्रतिनिधिसभा लगायतको तिनै तहको निर्वाचमा पार्टीको उम्मेदवार हराउने र असहयोग गर्ने व्यक्तिहरुलाई कारबाही सिफारिस गरिसकेको छ । समितिको कारबाही सिफारिस एक पक्षीय र गुटगत निर्णय भएको भन्दै पार्टीभित्र विरोध पनि भइरहेको छ ।

संम्बन्धित समचार

Leave a Reply