नेपालले अब एक-एक ग्रह र ताराको नाम राख्न पाउने

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७६ श्रावण २९, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २९,काठमाडौँ । नेपालले अब एक(एक ग्रह र ताराको नाम राख्न पाउने भएको छ। संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय खगोल युनियन ९आइएयु०को सय वर्ष पुगेको उपलक्ष्यमा नेपालीहरूलाई तारा र ग्रहको नाम राख्ने अवसर दिइएको हो।

आइएयु सन् १९१९ मा स्थापना भएको थियो। आइएयु खगोल विज्ञानको प्रतिनिधि गर्ने, पिण्ड तथा ग्रहको नामाकरण गर्ने लगायतको काम गर्ने संस्था हो।

आइएयुले ४ हजारभन्दा बढी ग्रह पत्ता लगाइसकेको छ। सय वर्ष पुगेको उपलक्ष्यमा तीमध्ये केही ग्रहको नामाकरण गर्ने जिम्मा विभिन्न राष्ट्रहरूलाई दिइएको छ। ती तारा र ग्रह सिंह राशीको मण्डलमा पर्छ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीले नेपालबाट नाम गरी पठाउन सुरेश भट्टराईको अध्यक्षतामा ५ सदस्यीय टोली बनाएको छ।

भट्टराईका अनुसार नेपालले नाम राख्ने जिम्मा पाएको ताराको वैज्ञानिक नाम एचडी १००७७७ हो भने त्यसलाई घुम्ने ग्रहको नाम वैज्ञानिकहरूले एचडी १००७७७ बी राखेका छन्।

एचडी १००७७७ तारालाई घुम्ने अहिले एउटा मात्रै ग्रह फेला परेको छ। त्यस्ता अरू ग्रहहरू पनि भेटिन सक्ने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।

ती दुई तारा र ग्रहका राख्न चाहने नेपालीले नेपाल एस्ट्रोनोमिकल सोसाइटीको वेबसाइटबाट नाम दिन सक्ने छन्। नाम दिँदा अनलाइनबाट आफ्नो इ-मेल, आफ्नो नाम अंग्रेजी र नेपालीमा (समूहले दिएको भए समूहको नाम) भर्नु पर्ने हुन्छ।

फारममा आफ्नो जिल्ला, उमेर र फोन नम्बर पनि उल्लेख गर्नु पर्नेछ। तारा र ग्रहको नामसँगै त्यसबारे कुन माध्यमबाट थाहा पाएको पनि उल्लेख गर्न पर्नेछ।

सोसाइटीले आउँदो अगष्ट ३१ सम्ममा नाम दिन आह्वान गरेको छ। नाम राख्न केही नियम पनि बनाइएको भट्टराईले जानकारी दिए।

ती नियम पूरा गरेका नाम मध्येबाट केही नाम छनोट गरी सोसाइटीले नोभेम्बर १५ सम्ममा आइएयुलाई बुझाउने छ।

नाम पठाउँदा तारा र ग्रहको नाम राख्नुको कारण ५० शब्दमा बयान गर्नु पर्नेछ।

नेपालीपन झल्किने संस्कृति, इतिहास, भूगोलसँग सम्बन्धित ४ देखि १६ अक्षरको एक शब्दमा नाम राख्नु पर्नेछ।

राजनीति, सेना र धर्मसँग सम्बन्धित व्यक्ति र ठाउँको नाम राख्न पाइने छैन । त्यसैगरी कुनै व्यक्ति, जनावर र सन् १९१९ भन्दा अघि मरेको व्यक्तिको पनि नाम राख्न पाइने छैन।

पहिल्यै नामाकरण भइसकेको ग्रहको नाम छनोट हुने छैन। ‘टेलिस्कोपको प्रयोग गरेर ती ग्रह र तारा नेपालबाटै हेर्न सकिन्छ,’ भट्टराईले भने, ‘भेलोसिटी हेरेर हामी तिनलाई चिन्न सक्छौं।’

नेपालीले नाम राख्न लागेको ग्रहको चन्द्रमाको पनि खोजी भइरहेको छ। उक्त खोजी अनुसन्धान सुमन सत्यालको टोलीले गरेको छ।

सेतोपाटीसंगको सहकार्यमा

ताजा अपडेट

खोजी गर्नुहोस