साउन ३०, काठमाडौँ । नेपाली राष्ट्रिय भलिबल टोलीले अफगानिस्तान विरुद्ध लगातार दोस्रो जित दर्ता गर्दै दुई खेलको मैत्रीपूर्ण सिरिज २–० ले जितेको छ ।
बिहीबार लगनखेलस्थित आर्मी कभर्ड हलमा भएको खेलमा नेपाल २० सेटले पछाडी परेपनि उत्कृष्ट पुनरागमन गर्दै खेल जित्न सफल भयो ।
विहिबारको खेलमा कप्तान ईम बहादुर राना र धनबहादुर भट्टले खेलेनन् । कप्तान ईम मांशपेशीको चोटले बाहिर रहेका हुन् भने धनबहादुरको कुर्कुच्चा सुन्निएको छ । दुवै खेलाडीलाई एभीसी सेन्ट्रल जोनको लागि विश्राम दिइएको हो ।
पहिलो खेलमा ३–२ ले विजयी रहेको नेपालले दोस्रो खेलमा जित दर्ता गर्दै सेन्ट्रल जोन प्रतियोगिताको तयारी पनि पूरा गरेको छ । अब नेपालले सोमबारदेखि सुरु हुने प्रतियोगिताको लागि केहि दिन प्रशिक्षण गर्नेछ ।