स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा राजेन्द्र पाण्डे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण ३१, शुक्रबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

साउन ३१, काठमाडौं । सत्तासिन नेकपाले विभागिय जिम्मेवारी टुंगो लगाएको छ । बालुवाटारमा शुक्रबार बसेको बैठकले ३३ वटै विभागहरुको जिम्मेवारी टुंगो लगाएको हो ।

नेकपाका प्रतिभाशाली नेता एवम् धादिङका सांसद राजेन्द्र प्रसाद पाण्डेले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । यस्तै उपप्रमुखमा अन्जना विसंखे चुनिएका हुन् ।
यस्तै,
पूर्व प्रधानमन्त्री तथा बरिष्ठ नेता माधव नेपालले विदेश विभागको जिम्मेवारी पाएका छन् । अर्का पूर्व प्रधानमन्त्री झलनाथ खनालले नीति तथा प्रतिष्ठानको जिम्मेवारी पाएका छन् ।

बामदेव गौतमले संगठन विभागको नेतृत्व पाउँदा नारायणकाजी श्रेष्ठलाई प्रचारको कमाण्ड हात लागेको छ । स्कुल विभागको जिम्मेवारी भने रक्षामन्त्री समेत रहेका इश्वर पोखरेलले पाएका छन् । अर्थ विभागको जिम्मेवारी भने पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस