ललितपुर र मकवानपुर आसपासमा भारी वर्षा, सतर्क रहन महाशाको आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण ३२, शनिबार (५ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

साउन ३२, काठमाडौं । बाढी पूर्वअनुमान महाशाखाले ललितपुर र मकवानपुर जिल्लाका वासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

शनिबार साँझदेखि हाल ललितपुरको गोदावरी र आसपास, मकवानपुरको मकवानपुरगढी, रजैया र आसपासमा भारी वर्षा भइरहेकाले संभावित बाढी तथा पहिरोबाट बच्न सचेत रहन महाशाखाले आग्रह गरेको हो।

विशेष गरी मनहरा, पूर्वी राप्तीलगायत ललितपुर, मकवानपुर जिल्ला हुँदै बग्ने साना नदीहरूमा आकस्मिक बाढी आउने संभावना रहेको महाशाखाले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस