रहिनन् अभिनेत्री शुभद्रा अधिकारी

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७६ श्रावण ३२, शनिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन ३२, काठमाडौं । अभिनेत्री शुभद्रा अधिकारीको निधन भएको छ। अधिकारीको शनिबार बिहान आफ्नै निवास डल्लुमा निधन भएको हो।

७३ वर्षीया अधिकारी केही वर्षदेखि दम रोगबाट पीडित थिइन् । वि.स. २००३ सालमा काठमाडौंको असनमा जन्मेकी अधिकारीले ६ वर्षकी छँदा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट अभिनय यात्रा थालेकी थिइन् ।

नाटकमा निकै जमेकी उनले चिनो, कन्यादान, वसन्ती, मुनामदनलगायतका चलचित्रहरुमा प्रभावशाली अभिनय गरेकी थिइन् । अधिकारीको ६३ वर्ष लामो कला यात्रालाई समेटिएको जीवन गाथा ‘कलाकार सुभद्रा अधिकारी जीवन गाथा’ पुस्तक पनि प्रकाशित छन् l

अधिकारीले आफ्नी आमा स्व. नुरादेवी, स्व. पति कृष्ण प्रसाद अधिकारी र गुरु बद्री उस्तादमा समर्पण गर्दै २०६८ सालमा ‘सुभद्रा अधिकारी फाउण्डेशन’ समेत स्थापना गरेकी थिइन् ।

उनकाे आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएकाे छ । उनका १ छोरा र छोरी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस