जेब्राक्रस लैङ्गिक अल्पसंख्यकको कथा

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७६ श्रावण ३२, शनिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन ३२, भरतपुर । उपन्यासकार तर्कना शर्माको नयाँ पुस्तक जेब्राक्रसमाथि अन्तरक्रिया गरिएको छ । सम्पूर्ण किताबको आयोजनामा नारायणगढस्थित चितवन साहित्य परिषद्को भवनमा कार्यक्रमको आयोजना गरिएको हो ।

जेब्राक्रस समलिङ्गी वर्ग प्रति सम्बोधन गरेर लेखिएको उपन्यास हो । उपन्यासमा विराज नामको मुख्य पात्रकाे प्रेमकथा र वैवाहिक जीवनलाई रोमाञ्चक ढंगले प्रस्तुत गरिएको छ । उपन्यासले महिला हिंसाको मुद्दालाई उठान गरेको छ, पुस्तक माथि टिप्पणी राख्दै प्रभा बरालले भनिन्- समाज पुरुषप्रधान भएकै कारण विराजकाे घमण्ड पनि उपन्यासमा छताछुल्ल भएकाे कुरा व्यक्त गरिन् तर लेखकले नरम ढंगले विषयलाई उठान गरेकी छन्- उनले भनिन् ।

कार्यक्रममा मानव सचेत समाज नारायणगढका देव श्रेष्ठले तेस्रो लिङ्गीका सन्दर्भमा आफ्ना धारणा राखेका थिए । श्रेष्ठ यौनिक तथा अल्पसंख्यक समुदायका अगुवा हुन् । उनले तेस्रो लिङ्गीलाई सामाजिक व्यवहारमा समानता हुनुपर्नेमा राज्यले ख्याल गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
त्यसैगरी कार्यक्रमको दोस्रो चरणमा जेब्राक्रस संवाद गरियो ।

संवादमा लेखक शर्मा सहित शान्ति शर्मा र गणेश शर्मासँग विजय बिश्वकर्माले संवाद चलाए । गणेश श्रमणले भने- जेब्राक्रसले समाजमा ओझेलमा परेको विषयलाई मुलधारमा ल्याएको छ ।

संवादमा सहभागी अर्का श्रस्टा शान्ती शर्माले लेखकले पात्रहरुलाई न्याय गर्न नसकेको बताइन् । लेखक तर्कना शर्माले तेस्रो लिङ्गीले पनि सामान्य नागरिकझैँ बाँच्न पाउने अधिकारको वकालत गर्न आफ्नो पहिलो आख्यान मार्फत यौनिक तथा लैङ्गिक अल्पसंख्यकको कुरा उठाएको बताइन् । पुस्तक साङ्ग्रीला बुक्सले प्रकाशन गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस