स्कुल बस निर्देशिकाको धज्जी, दर्जनौं नियम, सबै उल्लंघन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र १, आईतबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र १, काठमाडौँ । विद्यार्थी ओसारपसारका लागि सञ्चालनमा ल्याइएका सवारीसाधनकोे सेवालाई सुरक्षित, आरामदायी र भरपर्दो बनाउने उद्देश्यले ल्याइएको स्कुल बस निर्देशिकाको धज्जी उडाइएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १५३ मा भएको प्रावधानलाई टेकेर ल्याइएको निर्देशिकाको शिक्षण संस्थाले पालना गरेका छैनन् भने सरकारले समेत अनुगमन गर्ने गरेको छैन । शिक्षण संस्थाले नियोजित रूपमा पालना नगर्नु र सरकारी पक्षले अनुगमन नगर्नाले निर्देशका कागजमा लेखिएको अक्षरभन्दा फरक देखिएको छैन ।

निर्देशिकामा स्कुल बसको मापदण्ड, स्कुल बस परिचालक, सिट संख्या, बसको क्षमता, बसको गतिलगायतको नियम बनाइएको छ । ती सबै नियमको पालना भने सम्बन्धित पक्षले गरेका छैनन् ।

पालना गरे/नगरेकोबारे अनुगमन पनि शून्य जस्तै छ भने सरकारी पक्षले नियमको उल्लंघन भएको थाहा पाउँदा पाउँदै पनि अनुगमन तथा कारबाही नगरी मनोमानी गर्न छुट दिइरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस