भाद्र १, काठमाडौँ । प्रि सिजन अन्तर्गत मैत्रीपुर्ण खेलमा युभेन्ट्सले संघर्षपुर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा ईटालियन महारथी क्लब युभेन्ट्सले ट्रिएस्टिनालाई १-० गोल अन्तरले हराएको हो ।
नयाँ सिजनको तयारीमा रहेको युभेन्ट्सले तेस्रो डिभिजनको क्लबसंग साघुँरो अन्तरको जित निकालेको हो ।
खेलको ३८ औ मिनेटमा पाउलो ड्याबालाले क्लबका लागि विजयी गोल गरे ।
युभेन्ट्सका लागि आरोन राम्बसीले डेब्यु गरे । लण्डन क्लब आर्सनलबाट टुरिन आएपछि पहिलो पटक राम्सी मैदान उत्रिएका हुन् ।
क्रिस्टियानो रोनाल्डो भने मैत्रीपूर्ण खेलमा अनुपस्थित छन् । उनी नयाँ सिजनको तयारी गरिरहेका छन् । चोटका कारण उनी मैत्रीपुर्ण खेलमा सहभागी हुन पाएनन् ।
युभेन्ट्सले अगष्ट २४ मा पर्मासंग खेल्दै सिरि ए लिगको सुरुवात गर्नेछ । एजेन्सी