डर्टमण्डको सुखद सुरुवात

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ भाद्र १, आईतबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

भाद्र १, काठमाडौँ ।  जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डले शानदार जितबाट नयाँ सिजनको सुरुवात गरेको छ ।

शनिबार भएको पहिलो खेलमा अग्स्बर्गलाई ५-१ गोल अन्तरले पराजित गर्दै डर्टमण्डले सुखद सुरुवात गरेको हो ।

घरेलु मैदानमा सुरुवाती एक गोलले पछि परेपनि डर्टमण्डले पुनरागमन गर्दै शानदार जित निकाल्यो । अग्स्बर्गका फ्लोरियनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर, पुनरागमन गरेको डर्टमण्डको जितमा पाको अल्कासरले दुई गोल गरे । यस्तै जाडोन सान्चो, मार्को रिउस र जुलियन ब्राण्डटले एक एक गोल गरे ।

जितसँगै डर्टमण्डले १ खेलबाट ३ अंक जोडेको छ । अग्स्बर्गले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

बुन्डेस लिगा अन्तर्गत नै फेरिबर्गले मैन्जलाई ३-० गोल अन्तरले हराएको छ । एजेन्सी ।

ताजा अपडेट

खोजी गर्नुहोस