सिटी र हस्टपर बराबरी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ भाद्र १, आईतबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र १, काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधिका दावेदार तथा साविकको विजेता म्यानचेस्टर सिटी र टोटेनहम हस्टपरले बराबरी खेल्दै अंक बाँडेका छन् ।

घरेलु टोली सिटीले खेलमा दुईपटक अग्रता लिएर पनि जोगाउन नसक्दा हस्टपरसँग २–२ गोलको बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो । सिटीका लागि रहिम स्ट्रलिङ र सर्जियो अगुइरोले गोल गरे । हस्टपरका इरिक लमेला र लुकाु मौउराले गोल गरे ।

इतिहाद स्टेडियममा शनिबार भएको खेलको २०औं मिनेटमा रहिमको गोलबाट सिटी अघि बढेको थियो । रहिमले केभिन डि ब्रुयनको पासमा गोल गरेका थिए । तर, सिटीको त्यो अग्रता लामो समय टिकेन । २३औं मिनेटमा इरिक लमेलाले बराबरी गोल फर्काए । उनले एनडोम्वेलेको पासमा गोल गरेका थिए ।

३५औं मिनेटमा केभियन डि ब्रुयनकै पासमा अगुइरोले गोल गरेपछि सिटी पहिलो हापफमा २–१ ले अघि बढेको थियो । टोटेनहमले दोस्रो हाफको शुरुमै बराबरी गोल फर्काउन सफल भयो ।

मैदान प्रवेश गरेकै मिनेटमै लुकास मौउराले वान टचमै गोल गर्दै टोटेनहमलाई खेलमा फर्काएका थिए । ह्यारी विङ्सको स्थानमा ५६औं मिनेटमा मैदान छिरेका मौउराले मैदान छिरेको १९ सेकेन्डमा इरिक लमेलाको पासमा वान टचमै गोल गर्न सफल भएका थिए ।

त्यसपछि दुवै टोलीले गोलका मौका सिर्जना गरेपनि गोल निस्कन नसक्दा खेल २–२ गोलको बराबरीमा सकियो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा ब्राजिली ग्रावियल जेससले गोल गरेपनि भिएआरले मान्यता पाएन । कर्नरबाट आएको बललाई लापोर्टेको हातमा लाग्दै जेससले भेटाउदै हेडमार्फत गोल गरेको थियो ।

बराबरीसँगै सिटी र हस्टपरको समान ४ अंक रहेको छ । सिटी र हस्टपरको पहिलो खेलमा सफलता पाएका थिए । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस