पेनाल्टीमा चुक्दा युनाईटेडको बराबरी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ भाद्र ३, मंगलबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र ३, काठमाडौँ । ईङलिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाईटेडले उल्भ्ससंग बराबरी खेल्दै अंक बाँडेको छ । सोमबार राति भएको खेलमा युनाईटेडले उल्भ्ससंग १–१ गोलको बराबरी खेलेको हो ।

पाउल पोग्बाले दोस्रो हाफमा पेनाल्टी खेर फालेको खेलमा युनाईटेड जित निकाल्न असफल रह्यो ।

खेलमा अग्रता पाहुना टोली युुनाईटेडले खेलको २७ औ मिनेटमा लिएको थियो । एन्थोनी मार्टियलले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा घरेलु टोली खेलमा फर्कियो । रुवेन निभेसले ५५ औ मिनेटमा बराबरी गोल फर्काएका थिए ।

सिजनको दोस्रो खेलमा युनाईटेडले अंक बाँड्न परेको छ । उसले २ खेलबाट ४ अंक जोडेको छ । उल्भ्सको यो दोस्रो बराबरी हो ।

ताजा अपडेट

खोजी गर्नुहोस