सेवा दिन मुस्किल : समायोजनले रित्तिए अस्पताल

Post Thumbnail

भाद्र ३, काठमाडौँ । कर्मचारी समायोजनले चिकित्सकविहीन सुदूरपश्चिमका अस्पतालको अवस्था दयनीय बनेको छ। अस्पतालमा चिकित्सक नहुँदा सर्वसाधारणले सामान्य रोगको उपचार पनि नपाउने अवस्था बन्दै गएको छ।

प्रदेशकै रेफरल अस्पतालका रुपमा रहेको सेती अञ्चल अस्पतालले पनि चिकित्सक अभावकै कारण सहज सेवा दिन सकेको छैन।

सुदूरपश्चिमका सात पहाडी जिल्लामा त सामान्य बिरामीले समेत उपचार पाउन नसक्दा महिनौंदेखि रोग पालेर बस्नुपर्ने अवस्था छ। गम्भीर प्रकृतिका रोगमा उपचार नपाएर अकालमै ज्यान गुमाउनु यस क्षेत्रका पहाडी जिल्लाका बिरामीको नियतिजस्तै बनेको छ।

प्रदेशमै अत्याधुनिक सेवासहितको अस्पताल आवश्यक भइरहेका बेला कर्मचारी समायोजनका कारण यहाँका अस्पतालमा कार्यरत चिकित्सक समेत बाहिर गएपछि बिरामीले सामान्य उपचार पनि पाउन नसक्ने अवस्था आएको छ।

‘विपन्न जनता उपचारका लागि जाने भनेकै सरकारी अस्पताल हुन्,’ कैलालीको मसुरियाबाट उपचारका लागि सेती अञ्चल अस्पताल आएका लहानु चौधरीले भने, ‘यहाँ भएका चिकित्सक पनि समायोजनको निहुँमा अन्यत्र पठाइएपछि अब उपचार नै नपाइने भयो।’

ताजा अपडेट

खोजी गर्नुहोस