६९ वर्षे सेलिब्रिटी, ३६ वर्षे पत्नीसँग ‘बिच रोमान्स’मा

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ भाद्र ३, मंगलबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र ३, काठमाडौँ । अमेरिकी अभिनेता रिचर्ड गेर यतिबेला आफ्नी पत्नी अलेजन्द्रा सिल्भाको साथमा बिदा मनाउँदै छन् । तुस्केनीस्थितस्थित बिचमा उनीहरुका तस्बिर अन्तर्राष्ट्रिय मिडियाका लागि रोमान्चक गस्सिप बनेका छन् ।

समुद्रमा बोटिङ गरिरहेका उनीहरु सिंगो परिवारलाई लिएर बिदा मनाउँदै गरेका हुन् । बिकिनीमा देखिएकी ३६ वर्षीया अलेजन्द्रासँग ६९ वर्षीय रिचर्डको यो ‘रोमान्स’लाई डेलीमेलले पनि ‘कभरेज’ गरेको छ ।

रोचक पक्ष त, रिचर्डले अलेजन्द्राको ‘ब्याग’ बोकेको ‘मुभमेन्ट’ देखिन्छ । सेतै कपाल फूलेका ६९ वर्षीय रिचर्डले ३६ वर्षीया पत्नीलाई देखाएको मायाबारे अन्तर्राष्ट्रिय मिडियाले रमाइला गस्सिप बनाएका छन् ।

‘होला’पत्रिकाका अनुसार उनीहरुले यही वर्ष एक छोरा जन्माए । जसको नाम उनीहरुले अलेक्जेन्डर दिएका छन् । जब कि, अलेक्जेन्डरको स्पेनिस रुपान्तरण अलेजन्द्रा हुन्छ । अलेजन्द्राले आफ्ना पूर्वपति गोविन्डसँग डिभोर्स गरेपछि रिचर्डसँग भेट भएको हो ।

रिचर्ड पनि यसअघि क्यारी लोवेलसँग सम्बन्धमा थिए । उनले १४ वर्षको वैवाहिक सम्बन्ध तोड्दै अलेजन्द्रासँग विवाह गरेका हुन् । उमेर अन्तर भए पनि उनीहरुले आफ्नो वैवाहिक जीवन रमाइलोसँग ‘इन्जोय’ गरिरहेको टिप्प्णी हुने गर्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस