असार २४,काठमाडौँ । गायक सुराच प्रसाईले ओएस नेपाल म्युजिक अवार्डको नेशनल सङ विधामा अवार्ड जितेका छन्।
आइतबार आयोजित अवार्ड विजेता घोषणा तथा वितरण समारोहमा प्रसाईले गाएको ‘तिमी बाँचेर यो देश मर्छ भने’ गीतका लागि अवार्ड प्रदान गरिएको हो।
एक दशकभन्दा बढी समयदेखि नेपाली संगितमा क्रियाशिल प्रसाईले यस गीतमा शब्द र संगित आफैले दिएका हुन्। ‘बन्छ नेपाल’, ‘नाइलनको साडी’, ‘मायालाई यसपाली’, ‘सिटी सफारी’लगायत करिब एक दर्जन गीत चर्चित छन्।