दुवै मृगौला फेल भएका बलबिर, आर्थिक सहयोगको अपिल गर्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र ३, मंगलबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

भाद्र ३, काठमाडौँ । दुबै मृगौला फेल भई उपचारत बाग्लुङ ताराखोला गाउँपालिका–१ का बल्वीर कामीले सहयोगको अपिल गरेका छन् । दुबै मृगौला फेल भई हाल निदान हस्पिटल (आरोग्य प्रतिष्ठान)ललितपुरमा उपचारत गराइरहेका उनले उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका हुन् ।

निदान हस्पिटल आरोग्य स्वास्थ्य प्रतिठानले दिएको रिपोर्ट अनुसार मृगौला प्रत्यारोपण नै उनको जीवन रक्षाको अन्तिम विकल्प हो । नेपाल सरकारद्वारा विपन्न नागरिक उपचारको लागि सूचीकृत आरोग्य प्रतिष्ठानको शय्यामा लडिरहेका बल्वीरलाई मृगौला प्रत्यारोपणका लागि आर्थिक अभाव छ ।

उनले अपिल जारी गर्दै ‘तपाइँको सहयोग उहाँको जीवन रक्षाका लागि अपरिहार्य र अमूल्य छ’ भनेका छन् । उनलाई सहयोगका गर्नका लागि चन्द्र बहादुर कामीको नेपाल बैंक लिमिटेड(बाग्लुङ शाखा)मा रहेको खाता नम्बर 02201006404656000001 मा सोझै रकम जम्मा गर्न सकिने छ, भने सहयोगका लागि मोबाईल नम्बर 9860124645 र 9864478574 मा सम्पर्क गर्न सकिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस