नेकपा प्रदेश दुईको अध्यक्षबाट साहद्धारा राजीनामा, पार्टीले असहयोग गरेको आरोप

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र ३, मंगलबार (५ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

भाद्र ३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका छन् । उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका हुन् ।

उनले आइतबार नै राजीनामा बुझाएकाे भए पनि मंगलबार मात्रै थाहा भएकाे हाे । उनले नेतृत्वबाट काममा असहयोग भएको कुरा राजीनामा पत्रमा उल्लेख गरेको बताइएको छ ।

साह प्रदेशकाे अध्यक्षमा नियुत्त भएकाे धेरै भएकाे छैन । उनकाे राजीनामाले पार्टी भित्रकाे असन्तुष्टिलाई दर्शाएकाे छ ।

ताजा अपडेट

खोजी गर्नुहोस