सुष्मा महराको शब्दमा मिना निरौलाको गीत ‘तीज आयो’ (भिडियो)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ भाद्र ३, मंगलबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

भाद्र ३, काठमाडौँ ।हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर गायिका मीना निरौलाको स्वरमा रहेको तीज गीत ‘तीज आयो’को भिडियो सार्वजनिक भएको छ ।

महिला उद्यमी तथा वरिष्ठ ब्युटिसियन फिसियल हाउसकि प्रवन्ध निर्देशक सुष्मा महराको शब्द रहेको उक्त गीतमा संगीत गायिका निरौला कै रहेको छ भने संगीत संयोजन निरज श्रेष्ठले गरेका छन् ।

फिसियल हाउसको प्रस्तुती रहेको सार्वजनिक तीज गीतको भिडियोमा नायिका नीता ढुंगानाको जोडदार नृत्य देख्न सकिन्छ । भिडियोमा नायिका ढुंगाना संगै विभिन्न पेशामा आवद्ध महिला उद्यमीहरुलाई फिचर गरिएको छ ।

उज्ज्वल जंग शाह क्रिएटिभ हेड रहेको भिडियोमा नवराज घिमिरेको छायांकन, शक्ति प्रज्वल घिमिरेको सम्पादन तथा प्रविन थापाको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।

उद्यमसंगै नेपाली मनोरंजन क्षेत्रसंग नजिक रहेकी महराले नेपाली संगीतको क्षेत्रमा पहिलो पटक पाइला चालेकी हुन् । संगीतमा आफ्नो रुचि सानै देखि रहेता पनि गीत लेखन भने यो नै पहिलो रहेको र आगामी दिनमा कुनै न कुनै तवरबाट नेपाली संगीत क्षेत्रमा कृयाशील रहने महराले बताइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस