सरकारप्रति कडा हुँदै राजपा : भोली प्रधानमन्त्रीलाई भेटेर संविधान संशोधनको जवाफ खोज्ने !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ अषाढ २४, आईतबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असार २४,काठमाडौँ । राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन गर्न सरकारलाई दबाव दिने निर्णय गरेको छ ।

आइतबार बसेको अध्यक्ष मण्डलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाव दिने निर्णय गरेको हो । भोलि ओलीलाई भेटेर संविधान संशोधन गर्ने कि नगर्ने ठोस धारणा माग गर्ने निर्णय गरिएको अध्यक्ष मण्डलका एकजनाा सदस्यले बताए

सरकारको जवाफका आधारमा समर्थन फिर्ता लिने कि नलिने भन्ने निर्णय हुने नेताहरुले बताएका छन् ।

अध्यक्ष मण्डलको बैठकले संसद र संसदीय गतिविधिलाई समीक्षा गर्न सोमबार सिंहदरबारमा साढे ११ बजे पार्टी संसदीय दलको बैठक पनि बोलाएको छ ।

भातृ संगठनहरुको नामाकरण गर्ने निर्णय पनि गरिएको ति नेताले जानकारी दिए । जिल्लामा पार्टीको कामलाई प्रभावकारी बनाउन सबै जिल्ला अध्यक्षहरुलाई सोमबारभित्र लिखित निर्देशन दिने निर्णय पनि गरेको छ ।

जिल्लाका रिक्त पद पूर्ति गरेर पार्टीको कामलाई प्रभावकारी बनाउन जिल्ला अध्यक्षहरुलाई लिखित निर्देशन दिने निर्णय गरिएको अध्यक्ष मण्डलका सदस्य यादवले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस