इन्डोनेसियामा हिंसात्मक प्रदर्शन रोक्न सयौं सुरक्षाकर्मी परिचालन

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ भाद्र ४, बुधबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

भाद्र ४, काठमाडौं । इन्डोनेसियाले पश्चिमी प्रान्तमा फैलिएको हिंसात्मक प्रदर्शन रोक्न सुरक्षाकर्मी परिचालन गरेको छ ।

विभिन्न समुदायमा फैलिएको हिंसात्मक गतिविधि रोक्न सुरक्षाकर्मी परिचालन गरीएको अन्तर्राष्ट्रिय सञ्चामाध्यमहरुले जनाएका छन् ।

पश्चिमी पापुरालाई दुइ भागमा विभाजन गरेको विरोधमा स्थानीयले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीलाई तितरबितर पार्न सुरक्षाकर्मीले बल प्रयोग गर्दा कयौं घाइते भएको समाचारमा जनाइएको छ ।

आन्दोलनकारीले शान्तिपूर्ण र्‍याली गर्ने तयारी गरेपछि थप सुरक्षाकर्मी परिचालन गरीएको हो ।

सरकार विरोधी गतिविधिहरु बढ्न थालेपछि इन्डोनेसिया सरकारले इन्टरनेट सुविधा कटौती गर्न थालेको छ ।

आन्दोलनकारीहरुले इन्टरनेटमार्फत भ्रम फैलाउन खोजेको भन्दै त्यसलाई नियन्त्रण गर्न खोजिएको सञ्चार तथा सूचना मन्त्रालयले जनाएको छ ।(एजेन्सी)

ताजा अपडेट

खोजी गर्नुहोस