नेकपाको सचिवालय बैठक आज बस्दै, टुंगिएला त विवाद ?

भाद्र ४, काठमाडौ‌ । गृहकार्य नपुगेको भन्दै मंगलबार स्थगित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्दैछ ।

बैठक बिहान ११ बजे बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । नेकपाले मंगलबार दिउँसो ३ बजेका लागि बोलाएको सचिवालय बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरेको थियो ।

बैठकमा पोलिटब्यूरो गठन, विभिन्न आयोग, निकाय, सल्लाहकार कमिटि, ज्येष्ठ कम्युनिष्ट मञ्च, प्रवास कमिटि लगायतका साङ्गठनिक जिम्मेवारी बाँडफाँडका विषयमा टुङ्गो लगाउने विषयमा छलफल हुने कार्यसूचि छ ।

संम्बन्धित समचार

Leave a Reply