आजको मौसम कस्तो रहला?

भाद्र ४, काठमाडौँ । देशका अधिकांश स्थानहरुमा हाल आंशिकदेखि सामान्य बदली भरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वको पहाडी क्षेत्रसहित मध्य–पश्चिमी पहाड र तराईमा पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भएको छ ।

देशका अधिकांश क्षेत्रमा बुधबार दिनभर सामान्यतया बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् । पूर्व र पश्चिमको पहाडी क्षेत्रका एक–दुई स्थानमा ठूलो पानी पर्ने देखिएको छ । केही स्थानमा चट्याङ्ग पनि पर्न सक्ने जनाइएको छ ।

राति धेरै स्थानको मौसम सामान्यतया बदली हुने मौसमविदको भनाई छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि जनाइएको छ । पूर्व र पश्चिमका पहाडी क्षेत्रका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

संम्बन्धित समचार

Leave a Reply