भाद्र ५,काठमाडौँ । सोलुखुम्बु केन्द्रविन्दु भएर बिहीबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।
जिल्लाको गोली आसपास केन्द्रविन्दु भएर बिहीबार बिहान ०७ः०७ मा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
खानी तथा भू–गर्भ विभाग भूकम्प मापन केन्द्रका अनुसार, यो परकम्प नभएर नयाँ भूकम्प हो ।
यसअघि साउन २९ गते दोलखा केन्द्रविन्दु भएर ४।३ र २४ साउनमा म्याग्दी केन्द्रविन्दु भएर ४।७ रेक्टरको भूकम्प गएको थियो ।